शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उच्च अदालत सुर्खेतका न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

दैनिक नेपाल २०७७ फागुन १६ गते २१:१०

सांकेतिक तस्वीर

काठमाडौँ, १६ फागुन । दाङमा एक न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छन् ।

प्रहरीले आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेललाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पोखरेललाई ब्राउनसुगर लकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको छ ।

तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा उनको स्कूटरबाट प्रतिबन्धित लागुऔषध बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् ।

यद्यपि तुलसाले भने आफूलाई फसाइएको र स्कुटरमा भएको ब्राउनसुगरको बारेमा आफूलाई थाहा नभएको दावी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित