१२ कार्तिक २०८३, बिहिबार

सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । सांसदहरुलाई कोभिड–१९विरुद्धको खोप दिइने भएको छ ।

सांसदहरुलाई यही साता खोप दिन लागिएको संसद सचिवालयले जनाएको छ ।

सचिावलयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।