बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जनताबाट फर्किएको हुँ, मलाई हटाइए दुई तिहाई ल्याएर आइदिन्छु: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन १६ गते १७:४१

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

आइतबार गृहजिल्ला झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले प्रचण्ड माधव समूहलाई संसदमा अविश्वासको प्रस्ताव पारित गरेर हटाउन चुनौती दिएका हुन् ।

उनले आफूलाई पहिला पनि हटाउन खोजिएको र आफू जनताबाट फर्किएको बताउँदै यदि फेरि हटाइएमा दुई तिहाई ल्याएर फर्किने बताए ।

राजीनामा गरिदिनुस् भन्दै आफूसँग हात थाप्न थालेको बताउँदै ओलीले भने, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

उनले अघि भने, ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइदिन्छु ।’

प्रतिक्रिया
सम्बन्धित