शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सुराकी गरेको आरोपमा गृहमन्त्री थापाका स्वकीय अधिकृत बर्खास्त

दैनिक नेपाल २०७७ फागुन १६ गते १५:२८

काठमाडौँ, १६ फागुन । गृह मन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत विरु तामाङलाई बर्खास्त गरेका छन् ।

मन्त्रालयका रणनीति र गोप्य सूचना नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुहाएपछि गृहमन्त्री थापाले तामाङलाई हटाएका हुन् ।

सरकार र गृहमन्त्रालयका गोप्य सूचनाहरुलाई अनाधिकृत रुपमा प्रचण्डसम्म लैजाने गरेको आरोपमा उनलाई हटाइएको बताइएको छ ।

३० माघदेखि नै लागू हुनेगरी उनलाई बर्खास्त गरिएको बताइएको छ । ‘सरकारको तलब लिएर सरकारविरुद्ध गतिविधि गर्ने प्रचण्ड समूहलाई सुराकीको काम गरेपछि गृहमन्त्रीले हटाएका हुन्’, मन्त्रालयको स्रोतले भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित