शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

सप्तरीमा कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन पक्राउ

दैनिक नेपाल २०७७ फागुन १५ गते २०:३५

सांकेतिक तस्वीर

काठमाडौँ, १५ फागुन । सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् ।

आरोपित मध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेश कुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए ।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताइन् ।

आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित