बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

माडीको विकासमा कुनै कमि हुन दिदैनौ: नेकपा चितवन अध्यक्ष रावल

दैनिक नेपाल २०७७ फागुन १५ गते १८:३३

-शिशिर सिंखडा

चितवन, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनकी अध्यक्ष पार्बती रावलले माडीको विकासमा कुनै कमि हुन नदिने बताएकी छन् ।

उनले माडीको विकासका लागि संघीय सरकार र प्रदेश सरकारबाट थुप्रै काम भइरहेको बताइन् । स्वयं प्रधानमन्त्री केपी ओलीले नै माडीलाई मणी बनाउने उदघोष गरेको बताउँदै पार्टी अध्यक्ष रावलले माडीको समुन्नत विकासको लागि पार्टी र सरकार तपाईंहरुकै साथमा छ, उनले भनिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर कमिटीद्वारा माडीको बसन्तपुरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष रावलले सरकारले गरेका ठुला– ठुला योजना र विकासका कामलाई माडीका केहि पक्षले असहयोग गरेको र काम असफल बनाउन लागिपरेको समेत बताइन् ।

माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव नारायण अधिकारीले संचालन गरेका थिए । सो अवसरमा नेकपा केन्द्रीय सदस्य हरि सापकोटा, पुरुषोत्तम न्योपाने, जिल्ला सचिव प्रकाश खनाल, अनेमसंघ चितवन अध्यक्ष सरस्वती बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित