१२ कार्तिक २०८३, बिहिबार

राजश्व छली ल्याएका २५ केजी चाँदीका गरगहनासहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पर्सा, १५ फागुन । वीरगंज महानगरपालिका–९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २ सय ६४ ग्राम चाँदीका गरगहनाहरुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही पसलमा काम गर्ने वीरगंज महानगरपालिका–१५ भेडियाई टोल बस्ने २० बर्षीय विराट सराफ रहेका छन् । सराफलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी सराफलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।