१२ कार्तिक २०८३, बिहिबार

स्रोत नखुलेको ७ लाख रुपैयाँसहित दुई जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १५ फागुन । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ७ लाख रुपैयाँसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल–२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय बिनोद कुमार रहेका छन् ।

भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।