बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

नेकपा ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई

दैनिक नेपाल २०७७ फागुन १४ गते १६:१७

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईले पाएका छन् ।

शुक्रबार पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

नेकपाका देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमले नेकपाका दुवै पक्षले आआफ्नै तवरले जिम्मेवारी हेरफेर गरिरहेका छन् भने एकअर्कालाई निषेध गरिरहेका छन् । यसको फाइदा भने तेस्रो पक्षलाई पुग्ने भन्दै केही नेताहरुले भने एकतामै बल गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित