१२ कार्तिक २०८३, बिहिबार

सुन जस्तो देखिने धातुको बालासहित एक महिला नियन्त्रणमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । नेपाल एयरलाइन्सको उडानद्वारा बाहिरी मुलुकबाट काठमाडौँ आएका एक यात्रु सुन जस्तो देखिन बालासहित पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले पुस्पा तामाङलाई सुन जस्तो देखिने पहेँलो धातुको २ वटा बालासहित बिहीबार पक्राउ गरेको हो ।

काठमडौँ महानगरपालिका थलि बस्ने तामाङलाई विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरियामा प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा उनको आफन्त जेठाजु नाता पर्नेले बिगतमा समेत पटक पटक यसरी भन्सार छलि गरी पठाएको भन्ने बुझिएको भन्दै पक्राउ गरेको हो ।

बरामद धातुको बालासहित उनलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाईएको छ ।