१२ कार्तिक २०८३, बिहिबार

भारतीय राजदूत क्वात्राले देउवालाई भेटेर के भने ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सवोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै भावी प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका सभापति देउवालाई भेट्न राजदूत क्वात्रा उनको निवास पुगेका थिए ।

बिहीबार अपरान्ह भएको उनीहरुबीचको भेटमा नयाँ सत्ता समिकरणका विषयमा छलफल भएको बताइएको छ । भेटको एजेण्डबारे औपचारिक रुपमा केही खुलाइएको नभए पनि देशका पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ ।