मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

उर्लाबारी घटनामा मेहरमानलाई थुनामा पठाउने आदेश, कुमार राई ३ लाख धरौटीमा रिहा

दैनिक नेपाल २०७७ फागुन १३ गते १९:५५

काठमाडौँ, १३ फागुन । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा अदालतले रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई थुनामा पठाउने आदेश दिएको छ ।

बिहिबार थुनछेक बहसपछि जिल्ला अदालत मोरङले दुई जनामध्ये एक जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का बासिन्दा हुन् ।

पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका उनलाई अर्लाबारी ७ स्थित रमेश गिरीको घरबाट अस्पताल लगिएको थियो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

यसअघि घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर सरकारी वकिलको कार्यालयले उनीहरुलाई रिहा गराएको थियो । आफन्तको विरोधपछि आरोपित माथि मुद्दा दर्ता गरिएको छ ।

घटनामा संलग्न अन्य चारजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नलाई जन्मकैदको मागदावी गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित