शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बिहीबार ११२ जनामा कोरोना, ८४ जना निको, मृत्यु हुनेको संख्या २७ सय ६७ पुग्यो

दैनिक नेपाल २०७७ फागुन १३ गते १६:३८

काठमाडौँ, १३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ११२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ सय ८२ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख ५३ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित