बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गरिब समुदायलाई आर्थिक समृद्धिको मूल धारमा ल्याउनु अपरिहार्य छः उपाध्यक्ष भट्टराई

दैनिक नेपाल २०७७ फागुन १२ गते २१:०३

दैलेख, १२ फागुन । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले देशका सम्पूर्ण गरिब र विपन्न वर्गकालाई विकास र समृद्धिको मूलधारमा ल्याएरमात्र ‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने बताएका छन् ।

गरिबी निवारण कोषद्वारा प्रवर्धित सामुदायिक संस्थालाई सहकारीमा रुपान्तरण गर्ने प्रयोजनका लागि नारायण नगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रमा उनले सो कुरा बताएका हुन् ।

‘गरिबले आफ्नो राज्यसत्ताको लागि सबभन्दा ठूलो वलिदान गरेका छन् र सबैभन्दा बढी भोट खसालेका छन् तर राज्यले उनीहरूको समस्या अझै राम्ररी संबोधन गर्न सकेको छैन’ उनले अगाडि बताए ।

कार्यक्ममा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अबको केही महिनामै आफ्नो नगरपालिकामा गरिबहरूको स्वामित्वमा एक सबल सहकारी सन्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।

महाबु गाउँपालिकाका अध्यक्ष जंग शाहीले गरिबहरुको हितमा आफू लागिरहेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा ११ नं वडाअध्यक्ष टंकवहादुर विष्ट, पत्यरकार यज्ञराज थापा, सामाजिक अभियन्ता विसाल सुनार, दीपक के सी र फमबहादुर थापाले विभिन्न सुझाव पेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित