शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पशुपतिमा सुनको जलहरी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

दैनिक नेपाल २०७७ फागुन १२ गते १८:२०

काठमाडौँ, १२ माघ । सर्वोच्च अदालतले पशुपतिनाथको मुख्य शिवलिङ्गमा सुनको जलहरी राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

वुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

आदेशमा पुस १७ गते दुवै पक्षलाई बोलाएर छलफल गरिने र छलफल टुंगोमा नपुगेसम्म जलहरी नराख्न आदेश दिएको छ ।

यद्यपि पशुपतिमा अदालतको आदेश आउनुअघि नै सुनको जलहरी लगाउने कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले वुधबार नै पशुपतिमा पूजा गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित