मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सर्वोच्चको फैसला सामान्य हो, भाइहरुले लड्डु खाएर के जितेछन्: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन १२ गते १८:०१

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन बदर गर्ने अदालतको आदेश सामान्य प्रक्रिया भएको बताएका छन् ।

वुधबार एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाबारे बोल्दै प्रचण्ड माधवतिर संकेत गर्दै भने, ’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुशी भएर, जित्यौं हामीले भनेर ।’

उनले भने भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

मंगलबार सर्वोच्चले संसद पुनर्स्थापनाको फैसला गरेसँगै चितवनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशीयाली मनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित