१२ कार्तिक २०८३, बिहिबार

सरकार योजनावद्ध ढंगले अघि बढेको छः प्रधानमन्त्री ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार योजनावद्ध ढंगले अघि बढेको बताएका छन् ।

उनले आफ्नो सरकार हिँड्दै जाउँ जहाँ पुगिन्छ जसरी होइन योजनावद्ध तरिकाले अघि बढेको बताए ।

वुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

उनले माटोको डिजिटल नक्सा निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताउँदै यस्तो कार्यमा नेपाल दक्षिण एसियाकै प्रथम राष्ट्र भएको ओलीले बताए ।

नयाँ नेपाल निर्माण सम्बन्धमा यस कार्यमा खटिने तथा सहयोग गर्ने सबैप्रति ओलीले धन्यवाद व्यक्त गरे ।

उनले डिजिटल प्रविधिमार्फत माटोको स्वास्थ्य स्थितिबारे जानकारी लिन सकिने भएपछि अब माटो बोकेर परीक्षण गराउन जानुपर्ने परम्परागत स्थितिको अन्त्य भएको उनले बताए । मोबाइलबाटै हेरेर वा टेलिफोन गरेर पनि माटो विज्ञहरूबाट जानकारी दिन सकिने उनले जनाए ।

प्रधानमन्त्री ओलीले ठूले जनसंख्या कृषिमा आधारित भएपनि २७ प्रतिशित मात्रै कुल ग्राहस्थ उत्पादनमा योगदान रहेको भन्दै कृषिमा आधुनिकीकरण गर्नु पर्ने बताए ।

‘कृषिमा अल्झिएको जनसंख्या, जहाँ अर्ध रोजगार र आंशिक रोजगार रहेका छन् । उनीहरु यस्तो पिङमा चढेका छन् तर मच्चिँदैन । हाम्रो कृषि त्यस्तै छ ।

म लिंगे पिङ चढेजस्तै’, उनले भने, ‘उपयुक्त ढंगले कृषिमा आश्रितहरुलाई अवसरको सिर्जना गर्ने, कृषि उत्पादन बढाउने राष्ट्रिय आयमा योगदान वृद्धि गर्नपनि सकिन्छ ।’ उनले सरकारको ध्यान उत्पादन र उत्पादकत्व बढाउने भएको पनि ओलीले बताए ।

‘हामी हिँड्दै जाउँ जहाँ पुगिएला भनेर सरकार चलाइरहेका छैनौं । हामी गन्तव्य तोक्छौँ । कहाँ पुग्ने भनि लक्ष्य तोक्छौँ’, उनले भने, ‘कृषिमा उत्पादन र उत्पादकत्व बढाउने गरी काम गरिरहेका छौँ ।