बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अबको लडाइँ संसदमा हुन्छ: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन १२ गते १६:११

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको लडाइँ संसदमा हुने बताएका छन् ।

वुधबार बालुवाटारमा आफू निकट नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले आन्दोलनको स्वरुप फेरिएको बताउँदै अबको लडाइँ संसदमा हुने बताएका हुन् ।

’अब संसदभित्रको लडाइँ प्रमुख भएको छ। विपक्षीहरू कसरी आउँछन्, हाम्रो रणनीति त्यही अनुसारको बन्नुपर्छ ।’ ओलीले भने, ’हामीले हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ ।’

त्यस्तै, बिहीबार बस्ने अर्को बैठकले थप निर्णयहरु गर्ने बताइएको छ ।

वुधबारको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

यसैगरी देशभर निर्धारण गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरेको छ ।

त्यस्तै आजको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै त्यसैअनुरुप अघि बढ्ने पनि निर्णय गरेको छ ।

’कतिपय फैसलाहरू अपेक्षित हुँदैनन् । तिनका परिणाम पनि राम्रा हुँदैनन्। सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू छन्,’ ज्ञवालीले भने, ‘तर सर्वोच्चको फैसलालाई हामी सम्मान गर्छौं । ’

आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

उनले संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताए ।

’प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन् । तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने, ‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौँ ।’

उनले अझै पनि प्रचण्ड–नेपाल समूहसँग एकता गरेर अगाडि बढ्न सकिने भए पनि त्यसका लागि सही विचार र नेतृत्व हुनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित