शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओली पक्षको बैठक सकियो, सर्वोच्चको फैसलाअनुसार अघि बढ्ने निर्णय

दैनिक नेपाल २०७७ फागुन १२ गते १५:००

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चको फैसलाअनुसार अघि बढ्ने भएका छन् ।

वुधबार बालुवाटारमा ओली नेतृत्वको नेकपा स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले मुलुकलाई अन्योलमा राख्नु हुन्न भन्नेमा प्रधानमन्त्री ओली सचेत भएकाले अन्य दलहरुसँगको छलफल र परामर्शमा ओलीले निर्णय लिने बताए ।

बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

नेता ज्ञवालीले भने, “अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ ।”

सर्वोच्चले मंगलबार सरकारको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो भने १३ दिनभित्र संसद बैठक आह्वान गर्न परमादेश जारी गरेको थियो ।

यसरी हेर्दा प्रधानमन्त्री ओलीले अविश्वासकाे प्रस्ताव फेस गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित