
काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभा पनुर्स्थापनाको गर्ने सर्वोच्चको फैसलापछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कविता सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कवितामा लामो जीवन भोगाइको यात्रामा केही असफलता व्यहोरे पनि जितिने उद्घोष गरेका छन् ।
यात्रा शीर्षक दिइएको कवितामा कमजोरीले किचिएर नभएर कमजोरीलाई पराजित गरी अघि बढिने आशय प्रकट गरिएको छ ।
पोखरेलको कविता यस्तो छः
यात्रा
लड्दै उठ्दै /लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै÷ सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन –
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!














प्रतिक्रिया