
काठमाडौँ, ११ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् ।
उनले सर्वोच्चको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार भएको बताउँदै फैसला स्वागतयोग्य भएको बताए ।
आफू अदालतको फैसलाबाट खुशी भएको प्रतिक्रिया दिँदै गौतमलाई अदालतलाई बधाई दिएका छन् । त्यस्तै, उनले अब नेकपालाई एकीकृत गरेर सहि दिशा दिन आफू त्यसमा प्रयत्न गरेर पार्टी मिलाउने बताए ।














प्रतिक्रिया