शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आफू र सरकारविरुद्ध दुष्प्रचार भयो, मैले राजीनामा दिएको छैन: खरेल

दैनिक नेपाल २०७७ फागुन ११ गते ११:०७

काठमाडौँ, ११ फागुन । महान्यायाधिवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा नदिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्दै खरेलले राजनीनामा दिएको समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले खरेलमाथि आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएका तर स्वीकृत नभएका भन्ने समाचार बाहिरिएका थिए ।

खरेलले आफ्नो र सरकारको बदनाम गराउनका लागि दुष्प्रचार भएको जवाफ दिएका छन् । केही अनलाइन मिडियाहरुले आज बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि उनको कार्यालयले विज्ञप्ति जारी गरेर राजीनामा नदिएको स्पष्ट पारेको हो ।

खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अफवाह फैलाउने प्रकृतिका समाचार प्रवाह नगर्न पनि उनको कार्यालयले सम्बन्धित मिडियालाई अनुरोध गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति–

प्रतिक्रिया
सम्बन्धित