१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायतले गरे वसन्त श्रवण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व अवसरमा राष्ट्रध्यक्षका हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छन् ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का उपलक्ष्यमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखेको थियो ।

वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली सभामुख अग्नी सापकोटालगायतको सहभागीता रहेको थियो ।