१२ कार्तिक २०८३, बिहिबार

गैरआवासीय नेपाली संघमार्फत कोभिड १९ को खोप ल्याउने सम्बन्धी स्वास्थ्यमन्त्रीसँग छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त र स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीबीच गैरआवासीय नेपाली संघ मार्फत कोभिड–१९ को खोप नेपालमा उपलब्ध गराउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।

सुरुमा अध्यक्ष पन्तले संघले कोभिड–१९ को रोकथाम, राहत र नेपाल फिर्तीमा पुराएको सहयोग र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएका स्वास्थ सामाग्रीहरुका बारे प्रकाश पारे ।

उनले संघको स्वास्थ्य समितिले हाल सम्म पनि परिचालन गरिरहेको स्वास्थ्य स्वयंसेवकहरु मार्फत भईरहेका विभिन्न कामहरुका विषयमा मन्त्रीलाई अवगत गराउंदै नेपालमा कोभिड–१९ को खोप आपूर्तिमा संघले के कस्तो सहकार्य गर्न सक्छ र यसको लागि संघले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने योजना अघि सारेको जानकारी गराए ।

सो अवसरमा अध्यक्षले संघको स्वास्थ्य समितिको तर्फबाट तयार पारिएको प्रारम्भिक साम्झौता पत्र समेत मन्त्रीलाई अध्ययनको लागि हस्तान्तरण गर्दै यसका विषयवस्तु उपर मन्त्रालयको धारणाका लागि अनुरोध गरे ।

सो अवसरमा मन्त्रीले संघले नेपाल सरकारलाई स्वास्थ मन्त्रालय मार्फत उपलब्ध गराएका सहयोगको लागि धन्यवाद व्यक्त गर्दै कोभिड–१९ को खोप जिटुजी मार्फत मात्र खरिद गर्न सकिने जानकारी गराए ।

उनले उत्पादन र मागमा देखिएको असमानजस्यताले गर्दा खोपको उपलब्धतामा समेत केहि कठिनाई भएको छ र यसको प्रयोगको कार्यविधि समेत तयार नभएको अवस्थामा सोचे जस्तो प्रयोगमा ल्यउन नसकिएको र हाल यसको प्रयोगको लागि कार्यविधिहरु समेत मन्त्रालयले तयार गरिरहेको जानकारी गराए ।

सरकारले हाल तीन चोटि परिक्षण गरिसकेको थप २२ लाख ५० हजार खोप खरिद गर्न प्रयास गरिरहेको जानकारी गराउँदै यो माग र आपूर्तिको समस्या मात्र नभई एक राजनीति समस्याको रुपमा समेत देखापरेको अवगत गराए ।

उनले हाल नेपाल सरकारले बीचौलिया मार्फत कुनै पनि खोप खरिद नगर्ने तर सरकारको स्वीकृति लिई नेपालका निजि अस्पताहरुले खोप ल्याएमा सरकारले तोकेको मूल्यमा खोप लगाउन दिन सकिने बताए ।

अन्त्यमा, संघको नेपाल सरकारलाई खोपको लागि केहि रकम उपलब्ध गराउने योजना सकारात्मक रहेको र संघले तयार पारेको सम्झौता पत्र अध्ययन गरी आवश्यक सुझाव दिने समेत बताए । छलफलमा निवर्तमान सांसद विरोध खतिवडा, संघका उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।