१२ कार्तिक २०८३, बिहिबार

तामाकोशी नदीमा बेपत्ता भएका सहचालकको शव एपीएफद्वारा फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दोलखा, ३ फागुन । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटार भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्त बहादुर खड्काको तामाकोशी नदीमा फेला परेको छ ।

शव सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले सोमबार शव फेला पारेको हो । गौरीशंकर गाँउपालिका ५ बस्ने १४ बर्षिय खड्का गत माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो ।

एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।