१२ कार्तिक २०८३, बिहिबार

सोमबार १२२ जनामा कोरोना, १४४ जना निको, एकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय २२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय १४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख २० हजार ५ सय ९१ जनाको पीसीआर परीक्षण भइसकेको छ ।