१२ कार्तिक २०८३, बिहिबार

कार्यकर्तालाई कमल थापाले भनेः अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ३ फागुन । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आज हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए।

नेपालि समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको चर्चा गरे ।

कोहि कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे ।

कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।