१२ कार्तिक २०८३, बिहिबार

चार पूर्वप्रधानन्यायाधीशहरु लिखित जवाफ लिएर पुगे सर्वोच्च

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । चार जना पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालत आज लिखित जवाफ लिएर पुगेका छन् ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित उपस्थित हुने आदेशअनुसार दुई साता पुग्दा पनि म्याद तामेल नभएपछि उनीहरु म्याद बुझ्न सर्वोच्च अदालत पुगेका हुन् ।

लिखित जवाफ पेश गर्न पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी,अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत पुगेका छन् ।
संसद विघटनसम्बन्धी रिट अदालतमा विचाराधीन रहेको बेलमा सडकमा मुद्दालाई प्रवाभित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।