१२ कार्तिक २०८३, बिहिबार

वृद्धाभत्ता मासिक ५ हजार पुर्‍याइन्छ: उपप्रधानमन्त्री पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले वृद्धाभत्ता मासिक ५ हजार पुर्याउने लक्ष्य लिएको बताएका छन् ।

चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् ।

गत आर्थिक वर्षमै मासिक भत्ता ५ हजार पुर्याउन खोज्दा पार्टीभित्रकै समूहले विरोध गरेकाले हुन नसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आउँदा दिनमा वाचा पुरा गर्ने बताए ।

सरकारलाई काम गर्न नदिएर असफल बनाएर मुलुकलाई पछाडी धकेल्न खोजेपछि ताजा जनादेशका लागि जानुपरेको उपप्रधानमन्त्री पोखरेलले बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो ।

त्यस्तै, उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको र सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने पोखरेलले जिकिर गरे ।