काठमाडौं । ज्ञानेन्द्र शाहीका समर्थकले भेरी अस्पताल बाँकेमा कार्यरत डाक्टर र नर्सहरूमाथि हातपात तथा दुव्यर्वहार गरेका छन् ।
अस्पतालको अवस्था र बिरामीले पाएको सास्तीबारे अस्पताललाई ध्यानार्कषण गर्ने बहानामा अस्पताल पुगेको उक्त समूहले पेइङ ड्युटीमा रहेका फिजिसियन डा.विपिन आचार्यलाई हातपात गरेका हुन् ।
भेरी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा.प्रकाश थापाले पेइङमा उपचारत बिरामीको विषयलाई लिएर ती युवाले सिस्टर र डा.विपिन आचार्यलाई कठालोमा समातेर तल इर्मरजेन्सी वार्डसम्म लतार्दै ल्याएको बताए ।
ज्ञानेन्द्र शाही र केही युवा अस्पताल परिसरमा घुम्दै अस्पतालका सेवा सुविधा सुधार गर्नुपर्ने कुरा गरिरहेका बेला काण्ड भएको छ ।











प्रतिक्रिया