६ मंसिर २०८३, आइतबार

दाहाल–नेपाल नेतृत्वको नेकपाको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । पुष्पकमल दाहाल–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की ब्यांक्वेटमा बोलाइएको छ ।

माघ ११ गते साँझ बसेको निर्वाचन आयोगको आन्तरिक बैठकले नेकपा विभाजित नभएको र दुवै पक्षले गरेका बैठक र निर्णयलाई अवैधानिक भनेपछि पहिलोपटक नेकपाको एक पक्षको बैठक बस्न लागेको छ ।

दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो ।