६ मंसिर २०८३, आइतबार

कांग्रेसले देशभरि आज प्रदर्शन गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैं, १९ माघ । नेपाली कांग्रेसका भातृ संस्थाहरूले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छन् ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज रातो प्रतिगमनविरूद्ध प्रदर्शन हुने बताएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताए ।

कांग्रेसले प्रदर्शनमा सहभागी हुन आइतबार नै विज्ञप्ति निकालेर अपील गरेको छ ।