११ कार्तिक २०८३, बुधबार

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले मागे माफी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेपाल सरकारलाई ‘श्री ५ को सरकार’ भनेकोमा खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले माफी मागेका छन् ।

मन्त्री थापाले भुलवश यस्तो गल्ती भएको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले नेपाल सरकारको साटो श्री ५ को सरकार भनेर सम्बोधन गरेका थिए ।

उनले लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।

आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।

मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’