
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन् ।
शनिबार प्रचण्डको निर्वाचन क्षेत्र चितवन पुगेर ओलीले ‘मणि ठानेको, कुहिएको आलु परेछन्’ भन्दै कटाक्ष गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई भोट माग्दा माडीलाई मणि बनाउने योजना सुनाएको तर भोट मागेको व्यक्ति नै मणि नभएर कुहिएको आलु जस्तो भएर निस्किएको बताए ।
प्रधानमन्त्री ओलीले सिटीहल शिलान्यास क्रममा यस्तो बताएका हुन् । त्यस्तै, उनले शिलान्यास कार्यक्रममा भरतपुरकी मेयर रेणु दाहालको अनुपस्थितिबारे पनि पिकनिक खान गएको भन्दै व्यङ्ग्य गरे ।
चितवनमा वृहत जनसभालाई सम्बोधन गर्दै ओलीले विकास निर्माणका लागि कसैको टाउको दुखेपनि नरोकिने बताए । त्यही क्षेत्रको सांसदले नचाहे पनि अब चितवनको विकास गर्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रचण्डकै गृह जिल्लामा पुगेर प्रधानमन्त्री ओलीले जनता र विकासको पक्षमा किन नआएको भनि प्रश्न गरेका छन् ।















प्रतिक्रिया