११ कार्तिक २०८३, बुधबार

राजनीतिक स्थायित्वको लागि संसद विघटन भएको हो: गृहमन्त्री बादल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । सत्तारुढ नेकपाको ओली पक्षका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादलले राजनीतिक स्थायित्वका लागि संसद विघटन भएको बताएका छन् ।

शनिबार चितवनमा वृहत जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले पार्टी भित्रैबाट आफ्नै पार्टीको सरकार ढालेर अस्थिरता ल्याउन खोजेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अग्रगामी कदम चालेको दावी गरे ।

अहिलेको संसद विघटन देशमा राजनीतिक स्थिरता र स्थायित्वको लागि भन्दै बादलले अहिलेका प्रधानमन्त्री ओलीको कदम जनतामुखी भएको बताए ।

त्यस्तै, थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले चुनाव जित्ने बताएका छन् । आफूहरुले घोषण भएको चुनाव जित्ने दावी गरेका हुन् ।

संसद विघटन अग्रगामी तथा जनताका लागि गरेको निर्णय भएकाले अबको चुनाव आफूहरुले जित्ने उनले बताए ।

त्यसैगरी, थापाले आफ्ना गल्तीहरु स्वीकार गर्दै सच्चिएर पार्टीमा फर्कन प्रचण्ड माधव समूहलाई आह्वान पनि गरेका छन् ।