११ कार्तिक २०८३, बुधबार

शनिबार १०९ जनामा कोरोना, ३५० जना निको, २ को मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७९ जना पुगेको छ ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख ६७ हजार ६ सय ९९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।