११ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको करिब १२ लाखसहित पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुवाई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।