११ कार्तिक २०८३, बुधबार

ओलीलाई कारवाही गर्ने तागत हामीसँग छ, अहिले चुप लागेका छाैँ: प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तागत आफूहरुसँग रेहेको बताएका छन् ।

शनिबार धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताए ।उनले यदि अदालतमा मुद्दा नभएको भए आफूहरुसँग संसद् बैठक बोलाएर ओलीलाई कारवाही गर्ने तागत रहेको बताए ।

उनले आफ्नो पक्षसहित काँग्रेस र जसपा गरी दुई तिहाइ रहेको दावी पनि गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै अदालतले उचित फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।