
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा जनसभालाई सम्बोधन गर्ने भएपछि भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ ।
प्रधानमन्त्री ओलीको कार्यक्रमलाई मध्यनजर गरी भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्यामा परिचालन गरिएको छ ।
आज दिउँसो प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्ने तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच प्रचण्ड–माधव समुहले प्रधानमन्त्री ओलीको कार्यक्रम असफल पार्न टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था भने कडा बनाइएको छ ।















प्रतिक्रिया