११ कार्तिक २०८३, बुधबार

अराजक तत्वहरु बाहिरिएपछि पार्टी अनुशासित भएको छः प्रधानमन्त्री ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अराजकता निम्त्याउनेहरु तत्वहरु बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् ।

काठमाडौँ महानगर कमिटीद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी यस्तो बताएका हुन् ।

पार्टीमा विगतमा अराजकता निम्त्याउनेहरु बाहिरिएपछि प्रधानमन्त्री ओलीले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताएका हुन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पार्टीलाई गलत बाटोमा जान नदिने पनि बताएका छन् ।