११ कार्तिक २०८३, बुधबार

संसदीय व्यवस्थापनको परम्पराअनुसार प्रतिनिधिसभा विघटन भएको होः मन्त्री गिरी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, १६ माघ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले मुलुकमा निम्तिन लागेको अस्थिरता रोक्न संसदीय व्यवस्थाको परम्परा अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

जनतामा जाने निर्णय लिनु उत्तम विकल्प रहेको पनि उनले उल्लेख गरे ।

राष्ट्रिय शहीद दिवसको अवसरमा आज जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले सुनवल नगरपालिका–५स्थित शहीद विष्णु पाण्डे पार्कमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले संसदीय व्यवस्था नै सर्वाेपरी व्यवस्था भएकोले अहिलेको व्यवस्था र संविधान परिवर्तन नहुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका ल्ुुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका मन्त्री गिरीले सर्वाैच्च अदालतलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न दिनुपर्नेमा जोड दिए ।

उनले प्रतिनिधिसभा विघटनका कारण अहिलेको परिस्थिति निम्तिएको नभई सरकारलाई काम गर्न नदिनु र प्रधानमन्त्रीको लोकप्रियताबाट डराएर वितण्डा मच्चाईएको जिकिर गरे ।

उक्त अवसरमा जनआन्दोलन २०६२/६३ का शहीद विष्णु पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डे र मधेस आन्दोलनका शहीद जनदीश पासवानकी आमा सिङ्गारिदेवी पासवानलाई सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल, पूर्व रक्षाराज्यमन्त्री रामबचन यादव, संविधानसभा सदस्य चिनक कुर्मी, प्रदेशसभा सदस्य एवं नेकपा ओली समूहका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी, नेकपा प्रचण्ड माधव समूहका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काग्रेसका जिल्ला सभापति विष्णु पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।