शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पोखरामा एकै दिन २ पुरुषको शव फेला

दैनिक नेपाल २०७७ माघ १५ गते २१:०५

सांकेतिक तस्वीर

काठमाडौँ, १५ माघ । पोखरामा दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पोखराका २ छुट्टाछुट्टै स्थानमा बिहीबार दुई पुरुषहरु मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा पोखरा महानगरपालिका–२४ का २८ वर्षीय विरञ्जन तिमिल्सिना र पोखरा महानगरपालिका–१३ का ५५ वर्षीय दधिराम परियार रहेका छन् ।

पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा परियार मृत भेटिएका छन् भने पोखरा महानगरपालिका–२४ का तिमिल्सिना पोखरीमा तैरिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

तिमिल्सिनाको कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा घोप्टो अवस्थामा तैरीरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित