बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै ९० लाख ठगी गर्ने पक्राउ

दैनिक नेपाल २०७७ माघ १५ गते २०:५२

सांकेतिक तस्वीर

काठमाडौँ, १५ माघ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै ९० लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

३३ जनाबाट रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रकम लिने पर्वतको मोदी गाउँपालिका घर भइ पोखरा ३० शिसुवा बस्ने धिरज कुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले विश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा लगायतका देशमा रोजगारीका लागि धेरैलाई पठाइसकेको भन्दै ९० लाख ७१ हजार उठाएर ठगी गरेको उजुरी परेको जानकारी दिए ।

पीडितहरुलाई विभिन्न सहकारी तथा बैंकका चेकहरु समेत विश्वकर्माल दिएको बताइएको छ ।

प्रहरीले घटनाका अनुसन्धान तथा थप कारवाही अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित