११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध दायर अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र लिखित जवाफका आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दायर गरेका थिए । प्रधानमन्त्रीका अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गरेका छन् ।