शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बिहीबार थप २१३ जनामा कोरोना, २९६ जना निको

दैनिक नेपाल २०७७ माघ १५ गते १६:४५

काठमाडौँ, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ९६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ जना पुगेको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख ६० हजार ८ सय ६० जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित