बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नेपालमा ४ अंकले भ्रष्टाचार बढ्यो: ट्रान्सपरेन्सी इन्टरनेशनल

दैनिक नेपाल २०७७ माघ १५ गते १५:०३

काठमाडौँ, १५ माघ । नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।

बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।

सन् २०२० मा १८० देशमा भएको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औँ स्थानमा परेको छ । गत वर्ष ११३ औँ नम्बरमा परेको नेपालमा ४ अंकले भ्रष्टाचार बढेको देखाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशहरुमा डेनमार्क र न्युजील्याण्ड परेका छन् भने साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् ।

कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् जबकी नेपालले भने ३३ अंक र साउथ सुडान र सोमालियाले १२ अंक मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित