११ कार्तिक २०८३, बुधबार

पारिश्रमिक नदिइएको भन्दै मनमोहन अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ माघ । मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् ।

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको बाँकी रहेको पारिश्रमिक ३ महिनाभित्रै भुक्तानी गर्ने सहमति गरेको थियो ।

सहमतिको सीमा अवधि नाघे पनि पारिश्रमिक नदिइएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । व्यवस्थापनले आफूहरुको कामको अवमूल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरुको भनाइ छ ।

आफूहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनहरुको भनाइ छ । श्रमिकको माग पुरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखिएको छ ।