शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कर छलेर अनियमितता गरेको आरोपमा एक व्यक्तिविरुद्ध चलाइयो १ अर्बको मुद्दा

दैनिक नेपाल २०७७ माघ १४ गते २१:५१

काठमाडौँ, १४ माघ । कर छली गरेको आरोपमा एउटै व्यक्तिमाथि १ अर्ब भन्दा बढीको मुद्दा दर्ता गरिएको छ ।

नक्कली बिलबिजक प्रयोग गरी कर छलेको आरोपमा राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो १ अर्ब बढीको मुद्दा चलाएको हो ।

मश्रिविरुछ पाटन उच्च अदालतमा मुद्दा चलाइएको छ । ९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित मुद्दा दायर गरेको हो ।

विभागले मिश्रका साथै कर छलीमा सहयोग गरेको आरोपमा मिश्रका कर सहयोगी र लेखापरीक्षकविरुद्ध समेत मुद्दा चलाएको छ । कर सहयोगीहरु गंगाप्रसाद भट्टराई रमेश घिमिरे र तोयानाथ अधिकारी तथा लेखा परीक्षकहरु सुरेन्द्र कुमार इङ्गनाम, टंक राउत, दीपक निरौला र दीपक कोइराला विरुद्ध मुद्दा चलाएको हो ।

सो मुद्दामा भ्याटतर्फ ३४ करोड, आयकरतर्फ ६५ करोड र लाभांश करतर्फ ५ करोड रुपैयाँ कर छली भएको विभागको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित