शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पहिलो दिन लगाए ९ हजारले कोभिड-१९ काे खोप, कुन प्रदेशमा कतिले लगाए ?

दैनिक नेपाल २०७७ माघ १४ गते २०:०५

काठमाडौँ, १४ माघ । नेपालमा माघ १४ गतेदेखि कोभिड १९ खोप अभियान सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । मन्त्रालयले बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।

जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् ।

मन्त्रालयले खोप अभियानमा उत्साहजनक सहभागीताका लागि धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित