शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

६ वर्षीया बालिकालाई बेचविखनका लागि लैजाँदै गरेको अवस्थामा पक्राउ

दैनिक नेपाल २०७७ माघ १४ गते १७:५५

सांकेतिक तस्वीर

धनुषा, १४ माघ । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो ।

महतो उपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित